global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आइसीसी टी-२० पुरुष विश्वकप : पाकिस्तान उपाधिनजिक

आइसीसी टी-२० पुरुष विश्वकप : पाकिस्तान उपाधिनजिक

आइसीसी टी-२० पुरुष विश्वकप : पाकिस्तान उपाधिनजिक

पाकिस्तान आइसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको उपाधिनजिक पुगेकाे छ । बुधबार भएकाे सेमिफाइनलमा न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै पाकिस्तान उपाघि हाेडमा उभिएकाे हाे ।

सिड्नीमा भएको पहिलो सेमिफाइनलमा ओपनर द्वय बाबर आजम र मोहम्मद रिजवान चम्किएपछि पाकिस्तानले सहज जित निकालेको हो । एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान १९.१ ओभरमा तीन विकेट गुमाउँदै विजयी भयो । पाकिस्तानलाई फाइनलमा पुर्‍याउन दुई खेलाडीले अर्धसतक बनाए । पहिलो विकेटका लागि कप्तान बाबर आजम र मोहम्मद रिजवानले एक सय ५ रनको साझेदारी गरे ।

४३ बलमा पाँच चौका मद्दतमा रिजवानले सर्वाधिक ५७ रन बनाएका थिए । ४२ बलमा ५३ रन बनाएका बाबरले सात चौका प्रहार गरे । यसैगरी मोहम्मद हरिसले ३० रनको योगदान गरेका थिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट दुई विकेट लिएका थिए ।

यसअघि टस जितेर सुरुवाती ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५२ रनको योगफल खडा गरेको थियो । न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले ३५ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित ५३ रन जोडेका थिए । यसैगरी कप्तान केन विलियम्सनले ४२ बलमा एक चौका र एक छक्का मद्दतमा ४६ रनको योगदान गरे । डेभन कोन्वेले २१ र जेम्स निशमले १६ रनको योगदान गरेका थिए ।

पाकिस्तानका साहिन शाह अफ्रिदले दुई विकेट लिएका थिए । साहिनले चार ओभरमा २४ रन खर्चिएका थिए । यसैगरी मोहम्मद नबाजले एक विकेट लिन सफल भएका थिए ।

यस खेलसँगै न्युजिल्यान्डको लगातार दोस्रो पटक टी-२० विश्वकपको फाइनल खेल्ने लक्ष्य पूरा भएन । गत संस्करणको फाइनलमा न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु