global ime bank Long Banner Ad

गृहपृष्ठ गर्मीका कारण सन् २०२२ मा युरोपमा कम्तीमा १५ हजारको मृत्यु

गर्मीका कारण सन् २०२२ मा युरोपमा कम्तीमा १५ हजारको मृत्यु

गर्मीका कारण सन् २०२२ मा युरोपमा कम्तीमा १५ हजारको मृत्यु

सन् २०२२ मा तातो मौसमका कारण युरोपमा कम्तीमा १५ हजार मानिसको मृत्यु भएसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका छन् ।

जुनदेखि अगस्टसम्मको तीन महिना रेकर्डहरू सुरु भएदेखि युरोपमा सबैभन्दा तातो थियो र असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्य युगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी बन्यो ।

‘अहिलेसम्म पेश गरिएको देशको तथ्यांकका आधारमा यो अनुमान गरिएको छ कि तातो हावाका कारण सन् २०२२ मा कम्तीमा १५ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।’, ब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्तिमा भने ।

‘गर्मीको ३ महिनामा स्पेनमा करिब ४ हजार पोर्चुगलमा १ हजारभन्दा बढी, बेलायतमा ३२ सयभन्दा बढी र जर्मनीमा ४ हजार भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरेका छन्’ उनले थपे ।

प्रकाशित समय : ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु