गृहपृष्ठ आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री
आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री
आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । आइएमई इलेक्ट्रिक नेपालमा राफ्ट मोटर्सको एकमात्र आधिकारिक वितरक हो ।
राफ्ट मोटर्समा ६ वटाभन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटर छन् । जसको दायरा एकै पटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्छ । उचित मूल्य, धेरै राम्रो किलोमिटर दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको कम्पनीको दाबी छ ।
पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रतिकिलोमिटर ३० पैसाभन्दा कम खर्च हुने, तीन वर्षभित्र उपभोक्ताले करिब २ लाख ५० हजार बचत गरी व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहन्छ ।
फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाइट एडजस्टेबल शोक्क अब्सोर्बर, मल्टी मोड्स अफ ड्राइभिङ, द्रुत चार्जको लागि १० एम्प चार्जर, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि-लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट-अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधा राफ्ट स्कुटरमा उपलब्ध छन् ।
आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन भएको राफ्ट स्कुटरको मूल्य १ लाख ९९ हजार रहेको छ । ‘यो स्कुटर नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरमध्ये एक हो । एकपटकको चार्जमा ३ सय २० किलोमिटर सम्मको माइलेज दिन्छ । जुन नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेज हो । यसका अतिरिक्त, हामीसँग उत्कृष्ट सुविधाहरू उपलब्ध छन् । फलस्वरूप, ग्राहक र डिलरहरूले हाम्रो अटोमोबाइललाई लोकप्रियतामा ठूलो वृद्धि दिइरहेका छन्,’ कम्पनीले भनेको छ ।
बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको छ । यसका अहिले नेपालमा १० भन्दा बढी डिलर छन् । आइएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आइएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुईपांग्रे सवारीसाधन बिक्री गर्न थालेको छ । निकट भविष्यमा चारपांग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधनहरूमा विस्तार गर्ने कम्पनीको योजनाहरू रहेको छ ।
प्रकाशित समय : १४:२८ बजे



















