global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंक र दराजबीच व्यावसायिक साझेदारीकाे घाेषणा

नेपाल बैंक र दराजबीच व्यावसायिक साझेदारीकाे घाेषणा

नेपाल बैंक र दराजबीच व्यावसायिक साझेदारीकाे घाेषणा

नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराजबीच व्यावसायिक साझेदारीको घोषणा भएको छ । दराजको लोकप्रिय सपिङ डे ११.११ मा नेपाल बैंकको डेविट क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई सपिङमा १५ प्रतिशत वा रु. २५०० सम्मको छुट दिने घोषणा भएको हो ।

बैंकको ८६औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्न यस्तो सम्झौता गरिएको बैँकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले जानकारी दिए । बिहीबार राजधानीमा भएको सम्झौतामा बैँकका तर्फबाट कँडेल र दराजका तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार यो योजना २०७९ कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ । थप दराजको सपिङमा ग्राहकले अग्रिम भुक्तानी गरे अधिकतम २० प्रतिशत वा रु. ३००० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । तर उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई-कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु