काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बारामा बस दुर्घटना हुँदा ६ जना घाइते

16.13K
shares

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् ।

ना५ख ६४१५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठोक्किएका थिए ।

घाइतेहरूको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ । बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–६ कालापानि की ४५ वर्षीया अनिता क्षेत्री र ४० वर्षीय तिलक बलमपाकीको अवस्था गम्भीर रहेको छ ।