गृहपृष्ठ बारामा बस दुर्घटना हुँदा ६ जना घाइते
बारामा बस दुर्घटना हुँदा ६ जना घाइते
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् ।
ना५ख ६४१५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठोक्किएका थिए ।
घाइतेहरूको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ । बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–६ कालापानि की ४५ वर्षीया अनिता क्षेत्री र ४० वर्षीय तिलक बलमपाकीको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित समय : ११:१४ बजे


















