गृहपृष्ठ थप २१३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो
थप २१३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो
नेपालका कोरोनाभाइरस संक्रमितको संख्या ३४४८ पुगेको छ । आइतबार २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमितमध्ये २०९ जना पुरूष र ४ जना महिला रहेका छन् ।
पछिल्लो चौबिस घण्टामा १०२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यसमध्ये १०० जना पुरुष र २ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा ४ सय ६७ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएको पनि प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
हालसम्म नेपालमा कोरोनाबाट १३ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित समय : २२:०९ बजे


















