global ime bank Long Banner Ad

गृहपृष्ठ स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउन सांसदहरूको माग

स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउन सांसदहरूको माग

स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउन सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण अभाव रहेकाले तत्काल आवश्यक उपकरण व्यवस्था गर्न माग गरेको छ ।

बैठकको शून्य समयमा सांसद नरेन्द्रकुमार गुप्ताले स्वास्थ्यमा पहुँच सबैको आवश्यकता भएको उल्लेख गर्दै पृथ्वीचन्द्र अस्पतालमा रोग पहिचानका लागि परीक्षण ९डाइगनोसिस० गर्ने उपकरण नहुँदा समस्या भइरहेको भन्दै शीघ्र आवश्यक उपकरण व्यवस्था गरिनुपर्ने माग गरे। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका(४ मा भवन भए पनि स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति र उपकरण नभएको उनले बताए ।

सांसद नीतिमा भण्डारी कार्कीले किसानको आवश्यकताअनुसार मलको व्यवस्था गराउन माग गर्नुभयो । निजी क्षेत्रलाई मल आयातको व्यवस्था गरेर रासायनिक मलको अभाव अन्त्य गर्न सकिने उनले बताए ।

सांसद नीरसा चौधरी डगौराले रासायनिक मल कागजमा हुने तर खेतमा नहुने समस्या रहेकाले तत्काल मल आपूर्ति गर्नुपर्ने माग गरे । सांसद निशा डाँगीले ‘नेपाली जनताले कहिलेसम्म अत्यावश्यक वस्तुका लागि पनि लाम बस्नुपर्ने होरु’ भनी प्रश्न गरे ।

सांसद निश्कल राईले इलामको माइजोर गाउँपालिकामा विद्यालयबाट फर्कदा ११ वर्षीय बालक आहान खत्रीलाई बाढीले बगाएको बताउँदै त्यो पीडाले उनकी आमाले आत्महत्या गर्नुपरेको जस्ता घटना दोहोरिन नदिन प्रभावकारी पहलको माग गरे।

सांसद निनुकुमारी कर्णले साउन १३ गते बेलुकादेखि मधेसमा समस्या भएको उल्लेख गर्दै अहिले मधेस अशान्त भएको बताउनुभयो । ‘सामान्य विवादमा जीवन अन्त्य हुने गरी किन प्रहरीले गोली चलायो’ यसबारे सत्यतथ्य छानबिन हुनुपर्ने उनको माग छ ।

सांसद पवित्रा विकले भेद्भावविरुद्धको कानुन कार्यान्वयन नभएको बताउँदै घरबहाल क्षेत्रमा भेद्भाव धेरै हुने गरेकाले समस्या समाधान गर्न माग ग्े । पीडित ‘सरकार कोठा खाली छ रु’ भनी माइतीघर मण्डलामा अनसनमा बसेको १०८ दिन पुगेकाले यस्ता समस्या समाधान गरिनुपर्नेमा उनको जोड थियो ।

सांसद पारसमणि गेलालले जनताका समस्या समाधानका लागि सहकार्य र समन्वयमार्फत समाधान गरिनुपर्नेमा जोड दिए । सांसद पार्वती विकले साइबर बुलिङको सिकार भएकालाई न्याय दिएर यो क्षेत्रलाई नियमन गर्नुपर्ने बताए ।

सांसद पुकार बमले नीतिगत भ्रष्टाचार र अनियमितताका घटना बढेकाले यस विषयमा अनुसन्धान गरी कानुनी कारबाही गरिनुपर्ने बताए । सांसद पुष्पराज कँडेलले ‘मन्त्रीहरू कसका कति सल्लाहकार छन् ?’, ‘को वैतनिक को अवैतनिक रु’, ‘वैतनिकरअवैतनिकको शर्त केके हुन् रु’ यससम्बन्धी ‘नीति के छ ?’ लगायत प्रश्नको जवाफ सदनलाई दिन माग गरे ।

सांसद पुष्पाकुमारी चौधरीले पानीका मुहानसहित प्राकृतिक धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिए । सांसद पूर्णप्रसाद लिम्बूले दूरदराजका क्षेत्रमा उत्पादन भएका तरकारी र फलफूल खेर गएकाले कृषि सडक र राख्ने उपयुक्त स्थानको व्यवस्था गरिनुपर्नेमा जोड दिए।

सांसद प्रकाश गौतमले खानी क्षेत्रको व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद प्रकाशचन्द्र परियारले पाकिस्ताको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा निधन भएका सबैमा श्रद्धाञ्जली अर्पण गर्दै कीर्तिमानी आरोही निर्मल पुर्जाको नाममा हुलाक टिकट प्रकाशन गरिनुपर्ने माग गरे ।

सांसद प्रकाश पाठकले नापी कार्यालयमा अहिले पैसा र बिचौलियाबिना काम नहुने अवस्था अझै अन्त्य नभएको बताउनुभयो । सांसद प्रकाशसिंह कार्कीले देशलाई पर्यटनमार्फत राजस्व दिने सोलुखुम्बूमा पूर्वाधारको अझै कमी रहेको बताए ।

सांसद प्रदीप विष्टले काठमाडौँमा खाल्डाखुल्डी र पानी, बत्तीको समस्या अझै विद्यमान रहेकाले पूर्वाधार स्तरोन्नति गर्नुपर्ने माग गर्नुभयो । यसमा स्थानीय तहको ध्यान नगएकाले केन्द्रबाट समस्या समाधान गर्न माग गर्नुभयो । सांसद प्रभा कार्कीले तेह्रथुम र धनकुटाका किसानले दूधको बक्यौता अझै भुक्तानी नपाएकाले छिटो दिनुपर्नेमा जोड दिए ।

सांसद प्रमिलाकुमारी गच्छदारले सोमबार विराटनगरमा एक व्यवसायीका घरमा प्रहरीले पहरा दिएर खोजतलास गर्दा पनि केही नपाइएको भन्दै प्रहरीद्वारा प्रक्रिया पुर्‍याएर यस्ता गतिविधि गरिनुपर्नेमा जोड दिए । सांसद प्रमिला कुलुजुले सर्वोच्च अदालतले विदेशमा रहेका प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्थासम्बन्धी दिएको निर्देशनअनुसार कानुनी व्यवस्था गरी कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रशान्त उप्रेतीले भीमफेदी-कुलेखानी सुरुङमार्ग बनाउन रु ३१ करोड जम्मा गरेकामा अझै काम सुरु हुन नसकेको उल्लेख गर्दै हालसम्म भएका खर्चको हिसाबकिताब पारदर्शी हुनुपर्ने माग राखे । सांसद बदनकुमार भण्डारीले विद्युत्का खम्बा र तारमा सुरक्षात्मक ‘इन्सुलेटर’ नहुँदा काभ्रेपलाञ्चोकमा एक जनाको निधन भएको भन्दै सरोकार भएका निकाय सयतर्फ सचेत हुनुपर्ने बताए ।

सांसद सोम शर्माले स्वास्थ्यकर्मीको सेवामा कमी नभई उपकरण नभएर बागलुङ निसिखोलाकी सुत्केरीको निधन भएको उल्लेख गर्दै जिल्लाको क्षेत्र नं २ मा यस्ता धेरै समस्या भएकाले समाधान गर्न माग गरे ।

प्रकाशित समय : १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु