global ime bank Long Banner Ad

गृहपृष्ठ लकडाउनपछि पहिलोपटक सुनचाँदीको मूल्य प्रकाशित

लकडाउनपछि पहिलोपटक सुनचाँदीको मूल्य प्रकाशित

लकडाउनपछि पहिलोपटक सुनचाँदीको मूल्य प्रकाशित

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारदेखि सुनको मूल्य प्रकाशित गरेको छ । सरकारले आर्थिक क्रियाकलाप खुकुलो बनाउने निर्णय गरेसँगै सुनचाँदीको मूल्य प्रकाशित गरेको महासंघले जनाएको छ ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलाको ८७ हजार चार सय रुपैयाँ तोकेको हो । तेजाबी सुनको मूल्य तोला भने ८६ हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । असली चाँदी प्रतितोला नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको अघिल्लो दिनदेखि नै नेपालमा सुनचाँदी कारोबार बन्द भएको थियो ।

प्रकाशित समय : २१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु