गृहपृष्ठ आन्तरिक राजस्व विभागको आग्रह: बिल नलिई सामान नकिन्नुहोस्

आन्तरिक राजस्व विभागको आग्रह: बिल नलिई सामान नकिन्नुहोस्

आन्तरिक राजस्व विभागको आग्रह: बिल नलिई सामान नकिन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास गर्न अनुरोध गरेको हो। कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिल अनिवार्य हुने विभागले जनाएको छ।

विभागका अनुसार उक्त कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बिल लिनुपर्नेछ।

साथै, हालसम्म स्थायी लेखा नम्बर (प्यान) नलिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल प्यान लिई कर प्रणालीमा आबद्ध हुन विभागले आग्रह गरेको छ।

त्यसैगरी, सबै व्यवसायीले वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल जारी गर्नुपर्ने व्यवस्था रहेको भन्दै त्यसको पूर्ण पालना गर्न विभागले अनुरोध गरेको छ।

विभागले बीजक लिने–दिने अभ्यास प्रभावकारी रूपमा कार्यान्वयन हुँदा कर प्रणाली थप पारदर्शी बन्ने, वास्तविक कारोबारको अभिलेखीकरणमा सहयोग पुग्ने तथा करदातामा स्वेच्छिक कर अनुपालनको संस्कृतिको विकास हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित समय : ०६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु