गृहपृष्ठ शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र बन्दै

शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र बन्दै

शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र बन्दै

भद्रपुर।अर्जुनधारा–९ स्थित शनिश्चरे नगर अस्पतालस्थित निःशुल्क आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम प्रभावकारी बनिरहेको पाइएको छ ।

गुणस्तरीय सेवा, दक्ष चिकित्सक, निःशुल्क शल्यक्रिया तथा एम्बुलेन्स सुविधाका कारण अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ ।
विसं २०७७ देखि नगर अस्पतालका रूपमा सेवा सुरु गरेको उक्त अस्पतालले विसं २०८१ असार २० गतेदेखि नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । अस्पताल प्रशासन शाखा प्रमुख राजविक्रम खड्काका अनुसार, कार्यक्रम सुरु भएयता हालसम्म ५५५ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । तीमध्ये २२४ जनाको शल्यक्रियामार्फत र बाँकीको सामान्य प्रसूति भएको अस्पतालको तथ्याङ्क छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै २६० जना गर्भवतीले सेवा लिएका छन् । तीमध्ये यस जनाको शल्यक्रियामार्फत तथा १६० जनाको सामान्य प्रसूति भएको शाखा प्रमुख खड्काले जानकारी दिए । “गर्भवतीलाई नियमित गर्भ जाँचदेखि निःशुल्क प्रसूति, आवश्यक परे शल्यक्रिया, औषधि, परामर्श र एम्बुलेन्ससम्मको सुविधा उपलब्ध गराउँदै आएका छौँ । गुणस्तरीय सेवा पाएपछि सेवाग्राहीको विश्वास बढ्दै गएको छ”, खड्काले भने ।

अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा दिप्ती कुँवरको नेतृत्वमा प्रसूति सेवा सञ्चालन भइरहेको छ । अस्पतालले सुत्केरी हुन आउनेका लागि आउँदा वा फर्कदा एकपटक निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

अर्जुनधारा नगरपालिकासँगै मेचीनगर, बिर्तामोड, कन्काई नगरपालिका, बुद्धशान्ति गाउँपालिका तथा इलामका सूर्योदय, माई नगरपालिका र रोङ गाउँपालिकाबाट गर्भवती सेवा लिन आउने गरेका अस्पतालले जनाएको छ । उक्त नगर अस्पतालको सेवा क्षेत्र विस्तार हुँदै गएको देखिएको छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगरस्तरबाट निःशुल्क सुत्केरी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने अभियान देशमै नमूना बनेको दाबी गरे । उनले भन्े “नगरपालिकाको अस्पतालबाट विशेषज्ञसहित गुणस्तरीय र निःशुल्क सुत्केरी सेवा दिन सकिन्छ भन्ने उदाहरण हामीले प्रस्तुत गरेका छौँ । दक्ष जनशक्ति, पर्याप्त पूर्वाधार र निःशुल्क सेवाका कारण सेवाग्राहीको विश्वास बढ्दै गएको छ ।”
१५ शय्याको स्वीकृति प्राप्त शनिश्चरे नगर अस्पतालले हाल ६० शय्यासम्म सेवा विस्तार गर्दै आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।योगेश चेम्जोङका अनुसार हाल अस्पतालबाट दैनिक ५०० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन् । अस्पतालले स्थानीय नागरिकको मागलाई मध्यनजर गर्दै आगामी दिनमा दन्त सेवा, फिजियोथेरापी सेवा तथा ल्याप्रोस्कोपिक शल्यक्रिया सेवासमेत सञ्चालन गर्ने तयारी गरेको छ ।

अस्पतालले गुणस्तर सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०८२/८३ को न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा ८१ अङ्कसहित जिल्लामा सर्वोत्कृष्ट बन्न सफल भएको अस्पतालले जनाएको छ ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु