गृहपृष्ठ युएईको इमिरेट्स इण्डियाबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु
युएईको इमिरेट्स इण्डियाबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु
स्थापनाको दुई वर्षको अवधिमा संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
यो सम्झौतासँगै युएईमा स्थायी रुपमा तथा कामको शिलशिलामा बसोबास गर्दै आएका नेपालीहरुले, इमिरेट्स इण्डियाका संयुक्त अरब इमिरात्स (युएइ) स्थित युएइ, अबुधाबी, सारजाहलगायत अधिकांश स्थानमा रहेका ३३ वटा शाखाबाट सुरक्षित र विश्वासिलो तवरले डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सकिनेछ ।
इमिरेट्स इण्डिया मार्फत नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाइ, जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सकिनेछ । यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरि इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिनेछ भने निकट भविष्यमै कम्पनीको मोबाइल एपबाट पनि यो सेवा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
हाल इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान जारि रहेको हुनाले इमिरेट्स इन्डियाको माध्यम हुँदै युएईबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म हरेक महिना एक जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सक्नेछन् ।
इमिरेट्स इण्डियामार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई नगद रेमिट्यान्स पनि पठाउन सकिनेछ। जसलाई नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा धेरै एजेन्ट नेटवर्कको सञ्जालबाट प्राप्त गर्न सकिनेछ।
यसका साथै, इमिरेट्स इण्डिया मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेट्मा प्राप्त गर्दा सेवाग्राहीले थप २०० रूपैयाँ बोनससमेत पाउने छन् भने मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन् ।
रेमिट्यान्स भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इमिरेट्स इण्डियाका तर्फबाट जनरल म्यानेजर अली मोहम्मद एलम्रानीले हस्ताक्षर गर्नुभएको थियो । इमिरेट्स इण्डियासँगको रेमिट्यान्स सम्झौताबारे सीईओ कोइरालाले भने, ‘युएइ नेपालीहरुको प्रमुख रोजगार गन्तब्य भएकाले इमिरेट्स इण्डिया जस्तो पहिलादेखि नै स्थापित अन्तर्राष्ट्रिय एक्सचेञ्ज कम्पनीसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा एकदमै उत्साहित छौँ । साथै, अनलाइन माध्यमबाट डिजिटल रेमिट्यान्स सेवा उपलब्ध भएकाले पनि सेवाग्राहीहरुलाई यस माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउन थप सहजता मिल्ने कुरामा पनि हामी विश्वस्त छौँ ।’
इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्ज सन् १९८० मा स्थापित भएर युएइमा बैंक ट्रान्सफर, अन्तर्राष्ट्रिय मुद्रा एक्सचेञ्ज, मोबाइल मनी ट्रान्सफर लगायतका आधुनिक प्रविधिका डिजिटल सेवाहरु प्रदान गर्दै आइरहेको छ । विगत ३ दशकभन्दा बढी समयदेखि मनी ट्रान्सफर लगायतका अन्य सेवा प्रदान गर्दै आएको यस कम्पनीले हाल युएइका ३३ वटा शाखाबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाखभन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना एक लाख १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका डेढ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : १२:२४ बजे



















