global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालमा पनि भेटियो कोरोनाको नयाँ सब-भेरियन्ट ‘एक्सबीबी’

नेपालमा पनि भेटियो कोरोनाको नयाँ सब-भेरियन्ट ‘एक्सबीबी’

नेपालमा पनि भेटियो कोरोनाको नयाँ सब-भेरियन्ट ‘एक्सबीबी’

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार साउन २१ गतेदेखि १४ असोजसम्म कोभिड-१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरूको छनोट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पुष्टि भएको हो ।

मन्त्रालयले अहिलेसम्म यो भेरियन्ट विश्वका विभिन्न देशमा फैलिएको छ भने कोरोना संक्रमणको दर पनि बढ्नेक्रममा रहेको छ । दीपावली, छठजस्ता पर्वमा हुने भीडभाडले संक्रमण अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

मन्त्रालयकाे विज्ञप्ति :

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु