गृहपृष्ठ टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

टिभिएसले सार्वजनिक गर्यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सफलतापूर्वक सार्वजनिक गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा कार्तिक २ गते भएको यस कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो ।

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाईस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरियो । यस कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो ।

लन्च कार्यक्रम संगै जगदम्बा मोटर्सले एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ बाट सुरु भएको यो मेला कात्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् ।

यस मेलामा सहभागी हुने ग्राहकलेआफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा सात हजार रुपियाँ बढीको मूल्य पाउने छन्, साथै नकिन्दै एक लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ । यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र ४ हजार २ सय ७७ रुपियाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको छ । यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ ।

युवा वर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिस्टको सहायताबाट राइडरहरुले मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फंसनहरु सजिलै प्रयोग गर्न सक्नेछन् । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्छन् । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइएको छ ।

यसै गरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । यसमा समावेश गरिएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन इन्जिन ले ५५०० आरपी टर्क प्रदान गर्दछ ।

टिभिएस मोटर कम्पनी विश्वव्यापी रूपमा एक प्रतिष्ठित दुई र तीन पाङ्ग्रे सवारी उत्पादक कम्पनी हो, जसले भारतको होसुर, मैसुरु र नालागढ र इन्डोनेसियाको कारवाङमा चारवटा अत्याधुनिक उत्पादन सुविधाहरूसहितको सस्टेनेबल मोबिलिटीमा प्रगति हासिल गरेको छ ।
विश्वास, मूल्य, र ग्राहकको भरोसा जित्न सफल हामी उच्च गुणस्तरको अन्तर्राष्ट्रिय स्थरका उत्पादनहरू बनाउने कुरामा गर्व गर्छ । यो प्रतिष्ठित डेमिङ पुरस्कार प्राप्त गर्ने एक मात्र दुई पाङ्ग्रे सवारी कम्पनी हो । यसका उत्पादनहरूविभिन्न सर्वेक्षणहरूमा आ–आफ्नो वर्गहरूमा सफलता हासिल गर्न सफल भएका छन् ।

लगातार चार वर्षको लागि पावर ग्राहक सेवा सन्तुष्टि सर्वेक्षणमा पनि नम्बर एक कम्पनी बन्न सफल भएका छ । युनाइटेड किंगडममा रहेको यो समूहको कम्पनी नोर्टन मोटरसाइकल विश्वको सबैभन्दा प्रख्यात मोटरसाइकल ब्रान्डहरू मध्ये एक हो ।

जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो । कम्पनी शंकर समूहद्वारा संचालित छ । शंकरलाल अग्रवालद्वारा सन् १९७९ मा विविध अपरेटिङ कम्पनीहरूको एकीकरणका साथ शंकर समूहको स्थापना भएको थियो, जसको पछिका वर्षहरूमा व्यवसायीक पक्षमा प्रारम्भिक प्रवेश बढ्दै गएको थियो ।

शंकर समूहले अटोमोटिभ, स्टिल, सिमेन्ट, इन्जिनियरिङ्, इलेक्ट्रोनिक्स, लगानी, आभूषण, सामग्री, खानी, प्याकेजिङ्ग, घरजग्गा, सिन्थेटिक्स, टेक्सटाइल, ट्राभल एण्ड हस्पिटालिटी र ट्रेडिङका विभिन्न व्यवसायिक क्षेत्रहरूमा सञ्चालन गर्ने कम्पनीहरू समावेश गरेको छ । यस मध्य टिभिएस ब्रान्ड नेपालमा दुई पाङ्ग्रे सवारी साधनको ब्रान्डमा पूर्णस्थापित छ । यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग शिप मोडेलको रुपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन् ।

यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ । जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी घक् डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको ।

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु