nmb bank

गृहपृष्ठ भक्तपुरमा सुरु भयो तिहार रमाइलो मेला

भक्तपुरमा सुरु भयो तिहार रमाइलो मेला

भक्तपुरमा सुरु भयो तिहार रमाइलो मेला

भक्तपुरको आदर्श चोकमा शुक्रबारदेखि तिहार विशेष रमाइलो मेला सुरु भएको छ । मेला कार्तिक ९ गते बुधबारसम्म चल्ने जनाइएको छ ।

आदर्शको सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालि आदर्श चोकको आयोजनामा मेला सुरु भएको हो । मेला तरकारी बजारभित्रै सुरु भएको हो । तरकारी बजारभित्र सस्तो बजारको शुभारम्भ एवं सूर्यविनायक हरित कृषि तिहार विशेष रमाइलो मेला २०७९ सुरु भएको हो ।

मेलाको व्यवस्थापन ममता केन्द्र नेपाल काठमाडौं गरेको छ । खुशी जनरल स्टोर सूर्यविनायक नगरपालिका ८ आदर्श चोक मेलाको सहयोगी रहेको छ । मेलाको क्रममा दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुबाट गीत, संगीत, नृत्यमार्फत मनोरञ्जन गराउने कार्यक्रम रहेको जनाइएको छ ।

मेलाको क्रममा प्रत्येक दिन बिहान साढे ११ बजेदेखि राति साढे सात बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम हुने जनाइएको छ ।

मेलामा सहभागी हुन प्रतिव्यक्ति ५० रुपैयाँं टिकट दर रहेको छ । साथै विद्यार्थीका लागि प्रतिव्यक्ति ३० रुपैयाँं प्रवेश शुल्क राखिएको छ । मेलामा बृद्धबृद्धा, अपांग, पत्रकार आदिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ ।

यसअघि मेलाको उदघाटन पूर्व उद्योगमन्त्री महेश वस्नेतले गरेका थिए । कार्यक्रममा सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालिका अध्यक्ष राकेश प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले नेता किरण थापालगायतका सहभागी रहेका थिए ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु