गृहपृष्ठ डेंगुबाट ४२ हजार बढी संक्रमित, ५१ जनाकाे मृत्यु
डेंगुबाट ४२ हजार बढी संक्रमित, ५१ जनाकाे मृत्यु
कात्तिक २ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार ५०४ र मृत्यु हुनेको संख्या ५१ पुगेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो संख्या सन् २००४ यताकै उच्च हो ।
यस वर्ष साउनयता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।
डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।
प्रकाशित समय : १२:५० बजे

















