काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डेंगुबाट ४२ हजार बढी संक्रमित, ५१ जनाकाे मृत्यु

10.73K
shares

कात्तिक २ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार ५०४ र मृत्यु हुनेको संख्या ५१ पुगेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो संख्या सन् २००४ यताकै उच्च हो ।

यस वर्ष साउनयता डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।