काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते

11.76K
shares

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार–८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा ३० जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ नम्बरको ट्रक अनियन्त्रित भई सोही दिशाबाट आइरहेको ना ७ ख ४९८१ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजु केसीले जानकारी दिए । गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको छ ।