काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुरक्षाकर्मीको झुन्ड र सवारीको लावालस्कर लिएर भोट माग्दै गृहमन्त्री (तस्बीरहरु)

9.93K
shares

गृहमन्त्री बालकृष्ण खाँण प्रहरी प्रशासनको झुन्ड लिएर मत माग्दै हिँडेका छन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधि सभा चुनावका लागि रुपन्देही ३ बाट उम्मेदवार बनेका खाँण भैरहवामा वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन गर्न दर्जन बढी प्रहरी लिएर पुगेका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र सादा पोसाकका सुरक्षाकर्मी गरी दुई दर्जन बढी प्रहरी खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको कमान्डमा गाडीसहित प्रहरी परिचालन गरेको छ भने सशस्त्र प्रहरीको २७ नम्बर गणले पनि सशस्त्र प्रहरी निरीक्षककै कमान्डमा सशस्त्र प्रहरी गाडीसहित छ । ट्राफिक प्रहरी पनि ट्राफिक व्यवस्थापनका लागि खटेको छ ।

बहालवाला मन्त्री भएकाले सरकारले नै व्यक्तिगत सुरक्षाका लागि सुरक्षाकर्मी प्रदान गरे पनि क्षेत्रगत रूपमा जिल्लाबाट पनि कार्यक्रम भएको स्थलमा प्रहरी परिचालन हुँदै आएको छ । घन्टौंसम्म हुने कार्यक्रममा सुरक्षाकर्मी क्षेत्र नम्बर ३ का उम्मेदवारसँगसँगै हिडेका छन् । बहालवाला मन्त्रीले नै निर्वाचन आचारसंहिता २०७९ विपरीत गएर प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

चुनावको रन्को लागेदेखि मन्त्रालयमा समय नदिई प्रहरीको गाडीसहित प्रचारप्रसारमा मत माग्दै हिँडिरहेका छन् । सरकारी खर्चमा सरकारको गाडी प्रयोग गर्दै प्रचारप्रसारमा मतका लागि अनुरोध गरिरहेका छन् ।

निर्वाचन मिति तय भएपछि गृहमन्त्रीको ध्यान देशका सुरक्षामा हुनुपर्ने भएपनि उम्मेदवारी दिएको क्षेत्रमा मात्रै केन्द्रीत बनेको छ । ‘उहाँ आउँदा हामीलाई आवागमनमा समस्या भइरहेको छ, प्रहरीले यताबाट नजाउ उताबाट जाऊ भन्दै बाटो देखाइरहेको छ । यति नै सुरक्षाको डर छ भने निर्वाचन किन लड्नु भएको हो, सधैं भैरहवामै हिँडिरहँदा हामीलाई सास्ती भएको छ,’ एक बटुवाले भने ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को ४ (क)मा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । त्यस्तै परिच्छेद ३ को दफा ५ क १ को (क)मा प्रतिबन्धात्मक वाक्यांशबमोजिम निर्वाचन प्रचारप्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुदा सरकारी स्रोत र साधानको प्रयोग गर्न नहुने छ । तर सरकारकै गाडी रहेको प्रहरीको गाडी प्रयोग भएको छ ।

यसले उनी सत्ता र शक्तिमा भएकै कारण राज्य स्रोतको चरम दुरुपयोग गरेको देखिन्छ ।