थप ४६ जनामा कोरोना पुष्टि, कति पुग्यो सक्रिय संक्रमितको संख्या ?
वि.सं.२०७९ कात्तिक १ मंगलवार १५:५७
shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा देशभर ८३५ पीसीआर तथा ६७५ एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ ।
मंगलबार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७३६ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।

























