काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोरियाली सेनामा भर्ना हुँदै बीटीएस ब्यान्डका सदस्य

10.77K
shares

दक्षिण कोरियाको चर्चित व्यान्ड ग्रुप बीटीएसका सबै सदस्यले चाँडै नै देशको सेनामा भर्ना हुने भएका छन् । दक्षिण कोरियाको नियमअनुसार १८ देखि २८ वर्ष उमेर समूहका सबै युवालाई सेनामा दुई वर्षको तालिम लिन अनिवार्य छ ।

बीटीएसका जति सदस्य छन्, तीमध्ये एकलाई छाडेर बाँकी सबैको उमेर २८ भन्दा कम छ । यही कारण त्यहाँको नियम पालना गर्दै उनीहरू सेनामा भर्ना हुन लागेका हुन् ।

दक्षिण कोरिया एक यस्तो देश हो, जुन देश जहिल्यै वार जोनमा रहन्छ । छिमेकी देश उत्तर कोरियासँग दक्षिण कोरियाको युद्धको डर सधैँ छ । युद्धको अवस्थामा अधिकभन्दा अधिक जनशक्तिको आवश्यकता पर्छ । यही कारण दक्षिण कोरियाली सरकारले १८ देखि २८ वर्षभित्रका युवा वर्गलाई अनिवार्य सेनामा दुई वर्ष सेवा गर्नुपर्ने नियम बनाएको छ ।

ब्यान्डका मेनेजरले हालै एक अन्तर्वार्तामा अब बीटीएस सन् २०२५ को आसपास मात्र श्राेता तथा दर्शकमाझ आउने बताएका थिए ।