nmb bank

गृहपृष्ठ महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

महालक्ष्मी विकास बैंकले बिशेष (महाबचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत कात्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथम वर्ष)मा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका दरबारमार्ग, पुतलीसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्की) शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको छ । हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकताअनुसार लकर सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत खोलिने महाबचत खातामा लकर सुविधामा आकर्षक छुटका साथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङ लगायतका अन्य सुविधाहरु रहेका छन् ।

ग्राहकहरुको बैंकिङ आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

प्रकाशित समय : १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु