एल क्लासिकोमा बार्सिलाेनाविरूद्ध रियलको सहज जित
वि.सं.२०७९ असोज ३१ सोमवार ०७:१६
shares

स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले बार्सिलोनाविरूद्ध ३-१ काे जित हासिल गरेकाे हाे ।
खेलको १२औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ३५औं मिनेटमा फेडेरीको भालभर्डेले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
८३औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २-१ को स्थितिमा ल्याए । इन्जुरी समयमा रोड्रिगोले पेनाल्टीमा गोल गर्दै रियलका लागि ३-१ को जित पक्का गरे ।
जितसँगै रियलले ९ खेलमा २५ अंक जोडेको छ । रियल शीर्ष स्थानमा रहेको छ । बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

























