nmb bank

गृहपृष्ठ ७७ जिल्लामा फैलियो डेंगु, ४७ को मृत्यु

७७ जिल्लामा फैलियो डेंगु, ४७ को मृत्यु

७७ जिल्लामा फैलियो डेंगु, ४७ को मृत्यु

डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेंगुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमूना परीक्षण गर्दा सो संख्या कोरोना संक्रमण पुष्टि भएको हो । आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितकाे संख्या छ सय ६७ छ ।

नेपालमा हालसम्म १० लाख एक सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ लाख ८७ हजार चार सय ३८ कोरोना संक्रमणमुक्त भएका छन् । १२ हजार १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । आज ३० हजार आठ ७६ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु