गृहपृष्ठ पाला बनाउन भ्याइ-नभ्याइ (फोटोफिचर)
पाला बनाउन भ्याइ-नभ्याइ (फोटोफिचर)
नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका प्रजापति समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइ-नभ्याइ भएको छ ।
परम्परागत रुपमा नै कुमाल समुदायका प्रजापतिहरुको तिहारमा बत्ति बाल्नको लागि प्रयोग हुने पाला बनाउने गरेका छन् । तिहारमा पालाको माग उच्च हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडाको साथै पाला बनाउन व्यस्त छन् । तिहारका लागि आवश्यक पर्ने माटोका सामग्री बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटीस्क्वायर, च्यामासिंह, जगाती, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो लगायतका क्षेत्रका प्रजापतिलाई भ्याइ नभ्याइ हुन्छ । घरका पुरुष माटो ल्याउने, माटो मुछ्ने, भाडा बनाउन, भाडा पोल्ने लगायतका काम गर्छन् भने महिलाहरु भने भाडा सुकाउने, रङ लगाउने र उत्पादित सामग्रीहरूको व्यवस्थापनमै व्यस्त छन् ।






प्रकाशित समय : १३:२७ बजे



















