global ime bank Long Banner Ad

गृहपृष्ठ सिभिल बैंकद्वारा पशुपति क्षेत्रलाई २०० ट्री-गार्ड प्रदान

सिभिल बैंकद्वारा पशुपति क्षेत्रलाई २०० ट्री-गार्ड प्रदान

सिभिल बैंकद्वारा पशुपति क्षेत्रलाई २०० ट्री-गार्ड प्रदान

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री-गार्ड उपलब्ध गराएको छ ।

सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीले उक्त ट्री-गार्डहरु पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई हस्तान्तरण गरे । सिभिल बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री-गार्डहरुको मूल्य करिब रू ८ लाख रहेको छ ।

सिभिल बैंकले यसअघि पनि पशुपति क्षेत्रको पार्किङ क्षेत्रमा ३०० वटा ट्री-गार्ड सहितको बिरुवाहरु लगाई सो बिरुवाहरुलाई राम्ररी हुर्काउन पाँच वर्षसम्म लाग्ने सम्पूर्ण खर्चसमेत बहन गर्दै आइरहेको छ ।

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु पाशुपत क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भए पनि टेवा पुर्‍याउन पाउँदा आफूलाई खुशी लागेको सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रायमाझीले बताए ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु