nmb bank

गृहपृष्ठ बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १६ पुग्यो

बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १६ पुग्यो

बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १६ पुग्यो

बारा । बारामा आज बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो ।

प्रारम्भिक निरिक्षणमा गाडी अत्यन्तै द्रुत गतिमा रहेको र बाटो ओरालो हुँदा तथा पानी समेत परिरहेका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु