global ime bank Long Banner Ad

गृहपृष्ठ बडा दसैँमा एससीटीको बडा अफर : भाटभटेनीमा स्मार्ट क्यु आरमार्फत भुक्तानी गर्दा १०% छुट

बडा दसैँमा एससीटीको बडा अफर : भाटभटेनीमा स्मार्ट क्यु आरमार्फत भुक्तानी गर्दा १०% छुट

बडा दसैँमा एससीटीको बडा अफर : भाटभटेनीमा स्मार्ट क्यु आरमार्फत भुक्तानी गर्दा १०% छुट

बडा दसैँको अवसरमा स्मार्ट क्यु आरमार्फत भुक्तानी गर्दा बडा छुट पाइने भएको छ । भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा बडा दसैँमा बडा छुट अफर सार्वजनिक गरिएको हो ।

यस अफरअन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यु आरमार्फत भुक्तानी गर्दा थप १० प्रतिशत छुट वा ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यु आरमा आवद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।

विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यु आर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्घन गर्ने उद्देश्यका साथ यो अफर सार्र्वजनिक गरिएको बैंकले जनाएको छ ।

भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एशिया मो–बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु