global ime bank Long Banner Ad

गृहपृष्ठ केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना

केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना

केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा।शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता कार्यकर्ता धर्नामा बसेका छन् ।

सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिएको, सरसल्लाहविनै सूची बनाएको, एकलौटी र एकपक्षीय ढंगले चलेको भन्दै कोइराला समूह संस्थापन पक्षविरुद्ध आन्दोलित भएको हो ।

कोइराला समूहले १४ असोजसम्म समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ । सो दबाबपछि संस्थापन पक्ष कोइराला समूहलाई सम्मानजनक स्थान दिन तयार देखिएको छ । एक दुई दिनभित्रै सूची सच्याउने कांग्रेसको तयारी छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा कोइराला समूहका १३ जना मात्रै परेपछि सो पक्षका नेता कार्यकर्ता आन्दोलित भएका हुन् । कोइराला समूह एमालेसँग मिलेर चुनावमा जान सक्ने देखिएपछि देउवा पक्ष लचक बनेको हो ।

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु