काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मनास्लुमा हिमपहिराे

8.88K
shares

मनास्लु हिमाल क्षेत्रमा सोमबार हिमपहिरो गएको छ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पबीचमा हिमपहिरो गएको हो ।

कीर्तिमानी आरोही निर्मल पुर्जाले सामाजिक सञ्जालमार्फत् हिमपहिरोबारे जानकारी दिँदै आफ्नो आरोहण दलमा रहेका सबै सदस्य सकुशल रहेको उल्लेख गरेका छन् ।

हिमपहिरोमा परेर केही मानिस घाइते भएको हुनसक्ने अनुमान छ । तर यसको यकिन विवरण भने आएको छैन । मनास्लु आरोहणका लागि गएकाहरू सो हिमपहिरोमा परेको हुनसक्ने जनाइएको छ ।

सेभेन समिटका मिग्मा शेर्पाले हिमपहिरो गएको पुष्टि गरे । तर मानवीय क्षतिका सम्बन्धमा यकिन जानकारी नरहेको उनले बताएका छन् ।