काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दसैंघरमा राखियो जमरा (तस्बिरहरू)

9.03K
shares

काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो ।

सोमबारबाट नवरात्र सुरु भएको छ । जसअनुुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ । हनुमानढोकाको दसैंघरमा जमरा राख्दा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाएका थिए । हनुमानढोकामा हर्ष बढाईंसाथ जमरा राख्ने चलन छ ।

गाईको गोबरले लिपेर तयार गरिएको पूजाकोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्न चलन छ । घटस्थापनाका दिन छरिएको जौको अंकुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादको रुपमा जमरा ग्रहण गर्ने धार्मिक चलन रहिआएको छ ।

साथै जमराघरमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । यस वर्षको दसैैंको टीकाको उत्तम साइत १९ कात्तिक बुधबार बिहान ११ः५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।