सिक्लेस हाइड्रोको आइपीओ बाँडफाँड भोलि
वि.सं.२०७९ असोज १० सोमवार १०:५५
shares

सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आइपीओ असोज ११ गते भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार भोलि बिहान ९ बजे सेयर बाँडफाँड हुनेछ ।
कम्पनीको आइपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता सेयरको १६.२९ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो ।
त्यसमध्ये ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।
कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्यनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ३ कम्पनीको सेयर पाउनेछन् ।

























