आइतबार २३.८३ अंकले घट्यो सेयर बजार
वि.सं.२०७९ असोज ९ आइतवार १६:३०
shares

साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २३.८३ अंकले घटेर १,८१५.१३ को बिन्दुमा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड २४ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै लक्ष्मी बैंकको सेयर कारोबार भएको छ । बैंकको २६ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकको सेयर मुल्य १९३ रुपैयाँ रहेको छ ।
यस्तै, नबिल बैंकको ४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ३ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । निफ्राको २ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७.९० प्रतिशतका दरले गुमाएका छन् ।

























