काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुस्ताङबाट अनुकूल भएन, दार्चुलाबाट ल्याइँदै च्यांग्रा

8.86K
shares

यस वर्षको दसैंमा काठमाडौँका लागि दार्चुलाबाट केही संख्यामा च्यांग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्यांग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सय च्यांग्रा ल्याउन लागेको हो ।

कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्यांग्रा ल्याउन प्रयास गरिएको जानकारी दिए । कम्पनीले ती च्यांग्रा जिउँदो प्रतिकिलो एक हजार एक सय ५० रुपैयाँमा खरिद गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।