काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुमारी बैंकको डिवेन्चर बाँडफाँट

10.06K
shares

कुमारी बैंक लिमिटेडले ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ को बाँडफाँट गरेको छ ।

३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा शुक्रबार समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले जनाएको छ । बैंकले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ को एक हजार रूपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गरेकोे थियो ।

उक्त ३ अर्ब बराबरको ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने जनाएको थियो । सर्वसाधारण नेपालीको लागि गत भदौ १७ देखि ३१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबरको आवेदन प्राप्त भएको थियो ।

रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई आज ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशनतर्फ माग भएबमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

कुमारी बैंकले देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५३ शाखारहित बैंकिङ इकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।