गृहपृष्ठ फुटबल खेल्न नेपाल आइपुग्यो बंगलादेशी टोली
फुटबल खेल्न नेपाल आइपुग्यो बंगलादेशी टोली
यही असोज ११ गते दशरथ रंगशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ ।
कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टोली शुक्रबार राति काठमाडौं आइपुगेको हो ।
टोलीलाई एन्फा सदस्यद्वय रवीन्द्र चन्द र पुरुषोत्तम थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
प्रकाशित समय : १०:५४ बजे



















