गृहपृष्ठ चारपांग्रे सवारी साधन न्यूरोड प्रवेश गर्न नपाउने, खुलामञ्चमा पार्किङ
चारपांग्रे सवारी साधन न्यूरोड प्रवेश गर्न नपाउने, खुलामञ्चमा पार्किङ
आजदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौंको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ ।
चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो । यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेश दिइने छैन । यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गतेसम्म कायम रहने छ ।
फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । अब खुलामञ्चमा पार्किङ गरेर हिड्दै न्युरोड जानुपर्ने भएको छ ।
सवारी चाप कम गरी दुर्घटना न्यनीकरण गर्न यस्तो व्यवस्था गरिएको भन्दै ट्राफिक कार्यालयले तोकिएकै ठाउँमा पार्किङ गर्न आग्रह गरेको छ ।
प्रकाशित समय : १०:२७ बजे



















