global ime bank Long Banner Ad

गृहपृष्ठ सत्ता गठबन्धनमा जुटेन सहमति, आज फेरि बैठक

सत्ता गठबन्धनमा जुटेन सहमति, आज फेरि बैठक

सत्ता गठबन्धनमा जुटेन सहमति, आज फेरि बैठक

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक शुक्रबार पनि निष्कर्षविहीन बनेपछि सहमति जुट्न सकेको छैन । आगामी निर्वाचनमा चुनावी तालमेल गरेका गठबन्धन दलहरुबीच सिट बाँडफाँटबारे महिनौँदेखि सहमति गर्ने प्रयास भइरहेको छ । तर, सहमति जुटेको छैन ।

शनिबार बिहान ११ बजेपछि पुनः छलफल गर्ने गरी तयारी भएको एक नेताले बताए ।
गठबन्धन दलले २० साउनमै आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका थिए । त्यही बेला कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएर सिट बाँडफाँटको छलफल थालेका थिए । तर, अहिलेसम्म पनि गठबन्धनमा सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन ।

नेताहरूले करिब एक सय सिटमा दलहरूको एकल दाबी रहेको र त्यसबाहेकका सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा समस्या रहेको बताएका छन् । दलहरू प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचनमा गठबन्धन गर्ने प्रयासमा छन् ।

प्रकाशित समय : १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु