गृहपृष्ठ महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन । वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमती अमना खातुन मृत अवस्थामा फेला परेकी हुन । अमना शुक्रवार घास काटन जंगल गएकी थिइन ।

मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान छ । शवको प्रकृती हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाई यथासक्य छानविनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।

घटनाको बिषयमा गम्भीर ढंगले अनुसन्धान अगाडि वढाइएको र राति शव भेटिएको हुनाले पोष्टमार्टमको लागि विहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।

प्रकाशित समय : ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु