गृहपृष्ठ एमाले दाङका पूर्वअध्यक्षको निधनप्रति लुम्बिनीका मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण
एमाले दाङका पूर्वअध्यक्षको निधनप्रति लुम्बिनीका मुख्यमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण
दाङ ।लम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले एमाले दाङका पूर्वअध्यक्ष तथा दङ्गाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता शोभाराम बस्नेतको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छन् ।
तुलसीपुरस्थित एमाले पार्टी कार्यालयमा पुगेर मुख्यमन्त्री आचार्यले बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेको हुन् । उनले बस्नेतले दाङको कम्युनिस्ट आन्दोलनलाई स्थापित र सुदृढ बनाउन पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको बताउँदै उनप्रति सम्मान व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले बस्नेत निष्ठा, त्याग र समर्पणका प्रतीक नेता भएको उल्लेख गर्दै उनको निधनले दाङको सामाजिक, सांस्कृतिक तथा राजनीतिक आन्दोलनसँगै एमालेले अनुभवी अभिभावक गुमाएको बताए । लामो समयदेखि मृगौला रोगबाट पीडित बस्नेतको उपचारका क्रममा गएराति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको हो ।
श्रद्धाञ्जली कार्यक्रमपछि बस्नेतको पार्थिव शरीरलाई शीतलपुर घाटमा अन्त्येष्टि गरिएको छ । श्रद्धाञ्जली अर्पणमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : २१:१५ बजे



















