global ime bank Long Banner Ad

गृहपृष्ठ माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान

माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान

माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सक्रियताको आह्वान गर्दै सदस्य राष्ट्रहरूलाई क्षेत्रको हितमा संवादमार्फत मतभेद समाधान गर्ने आइतबार आग्रह गरेका छन् ।

उनले माल्दिभ्सको स्वतन्त्रताको ६१औँ वार्षिकोत्सव मनाउने स्वतन्त्रता दिवस समारोहमा बोल्दै यी कुरा बताएको हो ।

मुइज्जुले सार्क समूहभित्रको हालको गतिरोधबारे उल्लेख गर्दै मतभेद संवादमार्फत समाधान गर्नुपर्ने कुरा दोहो¥याए ।

उनले क्षेत्रीय शान्ति र सहयोगको हितमा सार्क सदस्य राष्ट्रहरूलाई वार्ताको टेबलमा फर्कन आह्वान गर्ेको हो ।

जारी विज्ञप्तिमा उनले भने “हाल समूहले सामना गरिरहेको गतिरोध तोड्न माल्दिभ्स मध्यस्थको रूपमा काम गर्न गर्न तयार छ।”

देश र अन्तर्राष्ट्रिय सङ्गठनका ११३ कूटनीतिज्ञ र ४३ देशहरूको अगाडि माल्दिभ्सका राष्ट्रपतिले माल्दिभ्सको विदेश नीतिबारे पनि बताएको थियो । उनले अन्तर्राष्ट्रिय समुदायलाई शान्तिपूर्ण संवादमार्फत विवाद समाधान गर्न आह्वान गर्े ।

यसैबीच, जुलाईको सुरुमा बङ्गलादेशले पनि दक्षिण एशियाभित्र सहयोग गहन बनाउन समर्थन जनाएको थियो र सम्भावना तथा कार्यसम्पादनबीचको खाडल पुर्नुपर्ने आग्रह गरेको थियो।

बंगलादेशका विदेश मामिला राज्यमन्त्री शामा ओबेदले सङ्गठनलाई पुनरुत्थान गर्न मुख्य उपायहरू सूचीबद्ध गर्दै भन्े “सङ्गठनलाई बलियो कार्यान्वयन क्षमता, बढी वित्तीय शक्ति, प्रभावकारी विशेष संयन्त्र र व्यावहारिक संस्कृतिको आवश्यकता छ।”

ओबेदले भन्े, “बङ्गलादेश सार्कका सदस्य देशहरूसँगको कुराकानीपछि ‘वरिष्ठ अधिकारीहरूको बैठक आयोजना गर्ने र मन्त्रिपरिषद्को विशेष सत्रको सम्भावनाका लागि साझेदार देशहरूबीच नजिकको सहयोग समन्वय गर्ने’ बारे विचार गरिरहेको छ।”

सार्क आठ सदस्य राष्ट्र—अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कासहितको क्षेत्रीय राजनीतिक र आर्थिक सङ्गठन हो।

यो समूहले दक्षिण एशियाभर आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको भए पनि हालका वर्षहरूमा यसले गतिरोध भोगेको छ ।

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु