काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेमा दोहोरो अंकको सुधार, काराेबार रकम खुम्चियो

8.82K
shares

बुधबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ११.२२ अंकले वृद्धि हुँदै १८४८.८२ अंकमा उक्लिएको हो ।

अघिल्लो दिन यस्तो सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको थियो । तर, आज ११ अंकले नेप्से बढेपनि कारोबार भने थप खुम्चिन पुगेको छ । ११.२२ अंकले बढेको बजारमा आज जम्मा ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । अघिल्लो दिन ३८ अंकले घटेको बजारमा १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड बाहेकका सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.७९ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकको १.३८ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १.१५ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ ।