बुधबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०७९ असोज ५ बुधवार ११:२३
shares

साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको भाउ तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

























