काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सान्जेन जलविद्युतको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन

8.25K
shares

सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भदौ ५ गतेबाट आइपीओ जारी गरेको थियो । यस आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

निर्धारित अवधिमा सबै सेयर बिक्री नभएका कारण असोज ४ गतेसम्म समय थपिएको हो । कम्पनीले स्थानीयलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, ९ साविक चिलिमे गाविस, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीलाई निष्कासन गर्न लागेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ७ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्य नागरिक लगानी कोषले गर्नेछ भने सह बिक्री प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटललाई नियुक्त गरिएको छ ।