समानुपातिकको बन्दसूची बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँडमा जुट्यो गठबन्धन
वि.सं.२०७९ असोज ४ मंगलवार १२:१७
shares

आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएपछि सत्तारुढ गठबन्धन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको सिट बाँडफाँडमा जुटेको छ ।
आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सोमबार निर्वाचनमा आयोगमा बुझाएका गठबन्धनआबद्ध दलहरु मंगलबार प्रत्यक्षतर्फको सिट बाँडफाँडमा जुटेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्षनेताको प्रत्यक्षतर्फको सिटको भागवण्डा मिलाउन बैठक बसिरहेको हो ।
आसन्न निर्वाचनमा तालमेल गरेर जाने बताएका दलबीच सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । सिट बाँडफाँडका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

























