आइएमई पे र गोल्डस्टार जुत्ताबीच सम्झौता, प्रत्येक दिन १ जोडी गोल्डस्टार जुत्ता र छुट
वि.सं.२०७९ असोज ३ सोमवार ०९:०६
shares

आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पे डिजिटल दसैंतिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ ।
गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधिभर हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने छ । साथै, प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा फ्लाट २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ ।
आइएमई पेको दसैं क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनेछन् । सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्नेछन् । यद्यपि, विजेताहरुले डेलिभरी चार्ज भने स्वयं नै तिर्नु पर्नेछ ।

























