गृहपृष्ठ श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत साउन महिनामा ४४ हजार ५४० जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यो संख्या २२२.८ प्रतिशतले बढी हो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउन महिनामा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु