global ime bank Long Banner Ad

गृहपृष्ठ बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बालसाहित्यको जगेर्ना गर्नका लागि बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासका ५८औँ राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रममा उनले बाल साहित्यसम्बन्धी छुट्टै बाल प्रज्ञा–प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।

राष्ट्रपति भण्डारीले बाल प्रज्ञा–प्रतिष्ठान स्थापनका लागि नेपाल बाल संगठनलगायत बालबालिकाका क्षेत्रमा काम गर्नेसँग छलफल भइरहेको उल्लेख गरिन् । आफ्नो कार्यक्षेत्रअनुसार बालबालिकाको क्षमता अभिवृद्धिमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘बालिबालिकाको आफ्नो क्षेत्र र दृष्टिकोण पनि फरक हुने गर्दछन् र सोहीअनुसार बालबालिकाको क्षमता अभिवृद्धिमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायतका अरु पनि संघसंस्था ध्यान दिनुपर्छ,’ उनले भनिन् ।

उनले बालबालिकामा भएको सिर्जनालाई व्यवहारमा प्रयोग गर्न सहयोग गर्नुपर्नेसमेत बताइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले बालबालिकाले प्रस्तुत गरेका साहित्य सिर्जना हेरेकी थिइन् । उनले आज केही बालबालिकाले प्रस्तुती गर्न नपाएको भन्दै अर्को पटक राम्रो तयारी गरेर उत्कृष्ट प्रस्तुती गर्न आग्रह गरिन् ।

प्रकाशित समय : २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु