global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालले साफ यू–१७ को उपविजेतामै चित्त बुझायो

नेपालले साफ यू–१७ को उपविजेतामै चित्त बुझायो

नेपालले साफ यू–१७ को उपविजेतामै चित्त बुझायो

फाइनलमा भारतसँग पराजित भएपछि नेपाल साफ यू–१७ को उपविजेता बनेको छ । बुधबार श्रीलंकाको कोलोम्बोमा भएको फाइनल खेलमा नेपाल भारतसाँग ४–० ले पराजित भएको हो ।

फाइनलको आधाभन्दा बढी समय १० खेलाडीमा सीमित भएको नेपालले समूह चरणमा भारतलाई हराएको प्रदर्शन दोहोर्‍याउन सकेन । पहिलो हाफको ३० मिनेट नबित्दै नेपाल २–० गोलले पछि परेको थियो ।

भारतले १७औँ मिनेटमा बबी सिंहको गोलमा अग्रता लिएको थियो । यस्तै, ३०औँ मिनेटमा कौरोउ सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए ।

नेपालका कप्तान प्रशान्त लक्षमले ३८औँ मिनेटमा रातो काडै खाँदै बाहिरिए । बल खोस्ने क्रममा उनीमाथि भारतीय खेलाडी लडेर ढाड ठोक्किन पुग्दा रेफ्रीले सिधैँ रातो कार्ड दिए ।

दोस्रो हाफको ६३औँ मिनेटमा वानलालपेका गुइतले गोल गर्दै भारतलाई ३–० को स्थितिमा पुर्‍याए । यस्तै, इन्जुरी समयमा अमनले गोल गरेपछि भारत ४–० को जित दर्ता गर्दै उपाधि जित्न सफल रह्यो ।

प्रकाशित समय : २१:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु