global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी केन्द्रले समानुपातिकमा नदोहोर्‍याउने

माओवादी केन्द्रले समानुपातिकमा नदोहोर्‍याउने

माओवादी केन्द्रले समानुपातिकमा नदोहोर्‍याउने

नेकपा माओवादी केन्द्रले आउँदो मंसिर ४ गते हुने आमनिर्वाचनका लागि समानुपातिकमा दोहोर्‍याएर नेता नपठाउने भएको छ । माओवादीले समानुपातिक सूची तयार गर्नुअघि मापदण्ड तय गरी यस्तो प्रावधान बनाएको हो ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले समानुपातिकको उम्मेदवार छान्दा अन्तरिम व्यवस्थापिकाबाहेकको समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्‍याउने, भर्खरै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने र सूची पेस गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य अनुमोदन गरेको हुनुपर्ने निर्णय गरेको हो ।

समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची तयार गर्नका लागि पार्टी प्रदेशहरुले बिहीबार (भदौ ३० गते)भित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सर्ट लिस्ट पेस गर्न पनि बैठकले निर्देशन गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : ०६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु