टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकले जिते लाखौंको नगद उपहार
वि.सं.२०७९ भदौ २९ बुधवार ११:५८
shares

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ ।
उक्त योजना सार्वजनिक गरेको आठौं दिनमा धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० % क्यासब्याक पाउन सफल भएका छन् ।
स्याङ्जा, मनकामना वडा नं ०१ निवासी, ईम वहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दै ४,००० र किनेपछिे एक लाख गरी १,०४,००० हात पार्दै आफ्नो भाग्यको कायापलट गरेका छन् । साथै, ललितपुर निवासी, असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दै २५,००० र किनेपछि एक हजार गरी २६,००० हात पार्न सफल भएका छन् । र योजना बारे सोधपुछ गर्ने ८ जना ग्राहकले Realme C30 Smart Phone जितेका छन् ।
कम्पनीका अनुसार यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । ‘कायापलट’ योजनाअन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई Realme C30 Smart Phone प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै, हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गरिने छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ । यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादन, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू-ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

























