गृहपृष्ठ टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकले जिते लाखौंको नगद उपहार
टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकले जिते लाखौंको नगद उपहार
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ ।
उक्त योजना सार्वजनिक गरेको आठौं दिनमा धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० % क्यासब्याक पाउन सफल भएका छन् ।
स्याङ्जा, मनकामना वडा नं ०१ निवासी, ईम वहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दै ४,००० र किनेपछिे एक लाख गरी १,०४,००० हात पार्दै आफ्नो भाग्यको कायापलट गरेका छन् । साथै, ललितपुर निवासी, असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दै २५,००० र किनेपछि एक हजार गरी २६,००० हात पार्न सफल भएका छन् । र योजना बारे सोधपुछ गर्ने ८ जना ग्राहकले Realme C30 Smart Phone जितेका छन् ।
कम्पनीका अनुसार यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । ‘कायापलट’ योजनाअन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई Realme C30 Smart Phone प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै, हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गरिने छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ । यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादन, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू-ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।
प्रकाशित समय : ११:५८ बजे




















