गृहपृष्ठ प्रतिनिधिसभा बैठक सर्यो, दिउँसो १ बजे बस्ने
प्रतिनिधिसभा बैठक सर्यो, दिउँसो १ बजे बस्ने
प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १ बजे बस्ने गरी निर्धारण गरेको प्रकाशित सूचनामा जनाइएको छ ।
प्रकाशित समय : ११:५७ बजे




















